February 23, 2025, 3:27 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

नेप्से साढे ११ अंकले घटेर फेरी आयो २६९९ विन्दुमा

माघ २४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– साताको अन्तिम शेयर बजारका घटेर परिसूचक २६०० को विन्दुमा आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर परिसूचक २६९९.८१ विन्दुमा आएको छ ।

आज नेप्से ०.४२ प्रतिशतले बढ्दा कारोबार भने बढेको छ । बुधबार ८ अर्ब बढीको कारोबार हुँदा आज ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर कारोबार भएको छ ।

आज नेप्से घट्दा ७४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ ।

आज दिनभरमा ३१५ वटा कम्पनी कारोबारमा आउँदा ९२ हजार ३२६ पटक शेयर किनबेच भएको छ ।
आज १३ वटा समूहमध्ये फाइनासन्स बाहेक अन्य सबै समूहहरू राताम्य भएको छ । आज फाइनान्स समूह भने १.५८ प्रतिशतले बढेर २७२२.३९ विन्दुमा पुगेको छ । आज समूहमा सबैभन्दा बढी विकास बैंक समूह १.५३ प्रतिशतले घटेर ५७२५.४४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम ट्रेडिङ समूह ०.११ प्रतिशतले घटेर ४३५८.२५ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया