February 23, 2025, 8:24 am
» पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ » बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

धनगढीको नोभा अस्पतालमा बिरामी कुर्न बसेका युवक मृत फेला

माघ २४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

धनगढी- कैलालीको धनगढीस्थित नोभा अस्पतालको शौचालयमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका- ६ सिसैयाका २५ वर्षीय रविन्द्र राना आज बिहान साढे २ बजे मृत फेला परेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार मृतक राना आफ्नो बिरामी भतिजाको कुरुवाका रूपमा अस्पतालमा बसेका थिए ।

डीएसपी बोहराले भने, ‘राना राति करिब २ बजेतिर शौचालय गएका थिए । लामो समयसम्म नफर्किएपछि अस्पतालका सुरक्षा गार्डले ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।’हाल मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया