February 23, 2025, 3:29 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

माघ २३, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं,  । नेपाली बजारमा आज सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ ।
यसअधि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया