February 25, 2025, 5:21 am
» रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन ! » प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी » भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन

लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली

माघ २२, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं – लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ।
कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन्। उनको घुँडामा गोली लागेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।
उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ।
‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ केसीले भने।
यसक्रममा प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए।

प्रतिक्रिया