February 25, 2025, 5:36 am
» सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, तोलामा पाँच सयले बढ्यो » रौतहटको विद्यालय: बुबा अध्यक्ष, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन ! » प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी » भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो

सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ

माघ २२, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को फेक इमेल बनाएर ठगीमा संलग्न दुई जना पक्राउ परेका छन् ।

प्रहरीका विशिष्ट व्यक्तिहरूको नाम, दर्जा तथा कार्यालयको लोगोसमेत दुरुपयोग गरेर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका–७ स्थायी ठेगाना भएका अन्दाजी २० वर्षीय मनिष कुमार मेहता रसोही गाउँपालिका वडा नम्बर १ का अन्दाजी २१ वर्षीय ईन्द्रजित यादव रहेका छन् ।

सीआईबी प्रवक्तासमेत रहेका उपरीक्षक दीपक राज अवस्थीका अनुसार सुनसरी प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया