September 8, 2024, 1:50 am
» दश जोडीको दाइजोमुक्त सामूहिक विवाह » पाँचथर बम विस्फोट : घाइतेको उपचारको जिम्मा लियो सरकारले » डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु » सुत्केरी मृत्यु प्रकरण: दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतपूर्ति दिने सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो » गणेश चतुर्थी पर्व मनाइँदै

पार्टी सभापति देउवादेखि कोइरालाले समेत प्रवृत्ति सच्याउन आवश्यक छ, : अमरसिंह पुन

साउन १०, २०८१ मा प्रकाशित | ७२०दर्शक तीव्रखबर

काठमाडौं,  नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशको मन्त्रिपरिषद् गठनमा केन्द्रीय नेतृत्व हाबी भएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा संवाद गर्दै उनले प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रीय नेतृत्वको निर्देशनमा पार्टीभित्र कुनै छलफल नगरी मन्त्री छनोट गरेको बताएका हुन् ।

‘हाम्रो (कांग्रेस) २७ जना हुनुहुन्छ । एक जना दलका नेताबाहेक २६ जना जो पनि मन्त्रीको आकांक्षी हुनुहुन्थ्यो । सबै उम्मेदवार योग्य हो । जो बन्नुहुन्थ्यो, त्यो आफ्नो ठाउँमा छ । तर, कांग्रेस प्रदेश समन्वय समितिमा समन्वय गर्ने, छलफल गर्ने, यो मापदण्ड अनुसार मन्त्री बनाउन पर्यो भन्ने कुनै छलफल भएन । केन्द्रीय नेतृत्वले सिधा प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई निर्देशन, डिल्लीबहादुर चौधरीले पार्टीसँग कुनै समन्वय नगरी मन्त्रीहरु छनोट गरेर पठाउनुभयो,’– उनले भने ।साथै, उनले केन्द्रीय नेतालाई प्रदेश संरचना मनै नपरेको बताए । उनले संघीयता नै मन नपरेको हो भने राजनीतिक दलहरुबीच सहमति गरेर संघीयता खारेजी गर्न सुझाव दिए । नेता पुनले कांग्रेस विधिसम्मत नचलेको बताए । ‘यदि प्रदेश संरचनालाई कमजोर बनाउने हो भने तल्लो तहका सब संरचना खारेज गरे भयो नि । किन चाहियो प्रदेश, जिल्ला, पालिका र वडा ?’ उनले भने ।

नेता पुनले पार्टी सभापति शेरबहादुर देउवादेखि शेखर कोइरालाले समेत आफ्नो प्रवृत्ति सच्याउन आवश्यक रहेको बताए ।लुम्बिनी सरकारमा कांग्रेसबाट हिजो चार जना मन्त्री बनेका थिए । कांग्रेसबाट मन्त्री बनेका बादशाह कुर्मीको बारेमा आलोचना सुरु भइरहेको छ । कुर्मी ठगी र कर्तव्य ज्यान कसुरका अभियुक्त रहेको बताइएको छ ।

प्रतिक्रिया