February 23, 2025, 2:52 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

थाइल्यान्डविरुद्धको खेलमा टस हारेर बलिङ गर्दै नेपाल

माघ २२, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं – त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गतको आज थाइल्यान्डविरुद्धको खेल नेपालले पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भर्खरै भएको टसमा थाइल्यान्डकी कप्तान नरौमोल चाइवाइले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय लिइन् ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका तीन वटै खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

थाइल्यान्ड भने तीन वटै खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्यान्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । आजको खेलमा नेपालको प्लेइङ ११ मा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, अलिसाकुमारी यादव र रचना चौधरी छन् ।

प्रतिक्रिया