February 25, 2025, 11:27 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

चन्द्रपुरनिगाहपुरमा खैरो हेरोइनसहित १ जना पक्राउ

माघ २१, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

रौतहट ।  पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना मानिस लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा सोमवार जारी सूचनामा उल्लेख गरिएको छ। उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आईतवार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको सूचनामा भनिएको छ।

गत शनिवार दिउँसो बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर- ४ चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। पछील्लो समय जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका आसपास युवाहरुमा लागुऔषध सेवनको दुर्व्यसन बढ्दै गएको पाइएको छ।

प्रतिक्रिया