February 2, 2025, 7:55 am
» बिपिनको ‘सुन्दर तिम्रो’ मा नुपुर र रुबिनाको रोमान्स » नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने » नक्कली नोट सहित एक जना पक्राउ » बागलुङका किसानले फलाए करिब १३ केजीको काउली » एक अर्बबढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

महाकुम्भबाट फर्किदै गर्दा गाडी दुर्घटनामा परी पाँच नेपालीको मृत्यु

माघ २०, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ ।

बिहारको मुजफ्फरपुरमा सडकमा दुर्घटना हुँदा गाढीमा सवार पाँच जना नेपाली नागरिकको मृत्यु भएको छ । शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

गाडीमा नौ जना सवार रहेको र बालबालिकासहित चारजना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अहिले उपचार भइरहेको छ ।

सडकमा अरु कसैलाई बचाउने क्रममा उक्त गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको भारतीय प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया