February 2, 2025, 8:04 am
» अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो » न्यायाधीशलाई ‘झोले’ भनेपछि प्रभु साहविरुद्ध अवहेलना मुद्दा » बिपिनको ‘सुन्दर तिम्रो’ मा नुपुर र रुबिनाको रोमान्स » नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने » नक्कली नोट सहित एक जना पक्राउ

काठमाडौंको बालाजु बाइपास र दक्षिणकालीमा एक,एक युवक मृत्त अबस्थामा

माघ २०, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काठमाडौं । काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा दुई युवक मृत्त भेटिएका छन् । काठमाडौंको बालाजु बाइपासमा एक युवक मृत फेला परेका छन् ।

प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । मृतकको सनाखत भएको छैन । यद्यपि, उनको राहदानी नम्बर फेला परेकाले आइतबारसम्ममा थप विवरण खुल्ने उनले बताए ।

यस्तै काठमाडौंको दक्षिणकाली नगरपालिका-७, मन्दिर क्षेत्र सुधार समितिको परिसरमा पनि शुक्रबार एक जना व्यक्ति मृत फेला परेका थिए । मन्दिर परिसरमा पर्ने फाकु कुलोमा दक्षिणकाली-६, कोटाल बस्ने ३५ वर्षीय गणेश भनिने रमेश घिमिरे मृत फेला परेका हुन् ।

प्रतिक्रिया