February 23, 2025, 8:26 am
» झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ

”बाजेबजैको कथा मेरो चित्र” कार्यक्रमले बालबालिकालाई सृजनात्मकता र संस्कृतिसँग जोड्दै

साउन १०, २०८१ मा प्रकाशित | १४७०दर्शक तीव्रखबर

लेटाङ(मोरङ) ।  स्थानिय संस्कृति, साहित्य, र इतिहास संरक्षणको उद्देश्यले ‘बाजेबजैको कथा मेरो चित्र’ कार्यक्रम आज सम्पन्न भयो। यो कार्यक्रम शान्ति सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र लेटाङ ४ मोरङको आयोजनामा २०८१ साल श्रावण ६ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिएकाे छ । कार्यक्रममा रिड नेपाल र एसभिएको आर्थिक तथा प्राविधिक सहयोग थियो।

कार्यक्रममा सहभागी भएका बालबालिकाहरुले सृजनात्मक रुपमा कथा लेखन र चित्र बनाउने सीप हासिल गर्ने अवसर पाए। साथै, उनीहरुले आफ्ना स्थानीय लोक संस्कृति र इतिहासको जानकारी बाजेबजैबाट प्राप्त गर्ने मौका पनि पाए। बाजेबजैले आफुले सुनेका र जानेका विषयवस्तु आफ्ना नातिनातिनालाई सुनाउने अवसर पाएका थिए।

कार्यक्रमले छुट्टिदै गएको बाजेबजै संगको हाम्रो सम्बन्ध पुनः जोड्ने, स्थानिय कथा तथा इतिहासको संरक्षण गर्ने, र बालबालिकामा सृजनात्मक कलाको विकास तथा अध्ययन बानीको विकास गर्ने उद्देश्य राखेको थियो। साथै, यसले बन्द हुँदै गरेको सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई स्थानिय समुदायमा पुनः सक्रिय बनाउने प्रयास पनि गरेको छ।

कार्यक्रमका सहजीकरणकर्ता प्रा. डा. ध्रुब घिमिरे, बाल साहित्य सर्जक यशु श्रेष्ठ, र चित्रकार देवकृष्ण महर्जनले बालबालिकाहरुलाई कथा लेखन र चित्रकला सम्बन्धी विभिन्न पक्षहरुबारे जानकारी दिए। सहभागी विद्यार्थीहरुले तयार गरेका कथा र चित्रलाई पुस्तकको रुपमा प्रकाशन गर्ने तयारी भइरहेको जानकारी अध्यक्ष सुदेश वस्तीले दिनुभयो।

”बाजेबजैको कथा मेरो चित्र” कार्यक्रमले स्थानिय समुदायमा साहित्य र कलाको महत्वलाई उजागर गर्नुका साथै बालबालिकामा सृजनात्मकता र अध्ययन बानीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। प्रशान्त निराैला

प्रतिक्रिया