January 30, 2025, 7:07 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

पहिलो खेलमा नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य

माघ १७, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं,  । नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्न सफल भएको हो ।

नेदरल्यान्ड्सका लागि रिकेले ४८ बलमा ८ चौकासहित अविजित ५९ रन बनाएकी थिइन् भने ब्याटर आइरिस ज्वीलिङले १३ बलमा ५ चौकाहित अविजित ३१ रन जोड्दा ओपनर स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् ।

यसैगरी हेथर सेगर्सले १९ बलमा समान एक चौका र छक्कासहित २३ रन बनाउँदा अन्य दुई खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कविता कुंवर, पुजा महतो, इश्वरी विष्ट र सीता रनामगरले समान एक विकेट लिएका छन् ।

प्रतिक्रिया