January 30, 2025, 4:59 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

महाकुम्भ दुर्घटनाः मोदीद्वारा मृतकका परिवारजनप्रति समवेदना व्यक्त

माघ १६, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

नयाँदिल्ली,  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा मृत्यु भएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

“प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्त दुःखद छ”, उहाँले एक्समा लेख्नुभएको छ, “आफ्ना प्रियजन गुमाएका भक्तजनहरुप्रति मेरो गहिरो समवेदना छ ।

प्रधानमन्त्री मोदीले महाकुम्भको स्थितिबारे निरन्तर निगरानी जारी राख्दै घटनाबारे जानकारी लिइरहनुभएको छ ।

उहाँले  बुधबार बिहानदेखि समाचार तयार पार्दासम्म तीन पटकसम्म उत्त। प्रदेश (यूपी) का मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरी स्थितिसामान्यीकरण र राहतका लागि निर्देशन प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

‘मौनी अमावस्या’को अवसरमा ‘अमृत स्नान’का लागि सङ्गम घाटमा भक्तजनको ठूलो भीड लागेको बेला यो घटना भएको हो ।

दोस्रो ‘शाही स्नान’को दिन मनाइने ‘मौनी अमावस्या’ मा आठदेखि १० करोड मानिसको भीड लाग्ने अनुमान गरिएको छ ।

महाकुम्भमा स्नान गर्ने अन्य महत्वपूर्ण तिथिहरू वसन्त पञ्चमी (फेब्रुअरी ३), माघी पूर्णिमा (फेब्रुअरी १२) र महाशिवरात्रि (फेब्रुअरी २६) रहेका छन् ।

प्रतिक्रिया