January 30, 2025, 5:22 pm
» तेह्र वर्षपछि पलायो पानी » बङ्गलादेशमा कछुवाको मृत्युबारे अनुसन्धान » शिक्षामन्त्रीको वाचा र शिक्षक आन्दोलन घोषणा एकैदिन » टिकटक भिडियोलाई लिएर बुबाले गरे अमेरिकी छोरीको हत्या » विमान र हेलिकोप्टर दुर्घटना : कोही पनि नबाँचेको अधिकारीहरुको भनाइ

दर्ता नभएका भिटामिन तथा खनिज बिक्री गरे मन्त्रालयले कारबाही गर्ने

माघ १६, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौं– स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा कारबाही गर्ने भएको छ ।

मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न एक विज्ञप्ति मार्फत सचेत पनि गराएको छ । जनस्वास्थ्य सेवा ऐन-२०७५ दफा ४५ ९२० मा मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखेर विज्ञापनको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम कार्य गर्न तथा गलत तथा भ्रामक विज्ञापन प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थालाई कानून बमोजिम कारबाही गर्न सबै सरोकारवाला निकायलाई अनुरोध गरेको छ । नियामक निकायमा दर्ता नभएका भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटहरू जस्तैः ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलबाट बिक्री वितरण तथा विज्ञापनका रूपमा प्रचारप्रसार भइरहेको भन्ने प्राप्त सूचनामा ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अनुमति नदिएका उत्पादनको जफत र कारबाहीको काम नियमित रूपमा हुँदै आएको छ र कहीँ कतै त्यस्तो भेटिएमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर वा मन्त्रालयको वेबसाइट तथा इमेलमा पनि गुनासो गर्न सकिने व्यवस्था स्वास्थ्य मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया