February 23, 2025, 3:29 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

ढकालको कथामा बन्ने चलचित्र ‘जनै हराएको बाहुन’मा बिजय बरालको इन्ट्री

माघ १४, २०८१ मा प्रकाशित | ३४३०दर्शक तीव्रखबर

काठमाडौं । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ।चलचित्रमा मुख्य कलाकारका रुपमा बिजय बराल भित्रिएका छन् । चलचित्रको कथा मन परेर आफु जोडिएको बिजय बराल बताउछन् । यस चलचित्रको निर्देशक भने हिमाल न्यौपाने हुन् ।

चलचित्रको कथा,पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । लेखक ढकाल अङ्ग्रेजी साहित्यका लेक्चरर समेत हुन् । कथा,गित र गजलमा आफुलाई निखार्दै आएका ढकालले नेपाली चलचित्रलाई थुप्रै हिट गित दिएका छन् । ढकालको कथाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। ‘यस चलचित्रले दर्शकलाई बाधेर कथामा बगाउन सक्ने सामर्थ्य राख्छ’ ढकाल अगाडि थप्छन् ।

चलचित्रका निर्मातामा कमल न्यौपाने, आर. के. मानन्धर ,सि आर बस्नेत , बिमल न्यौपाने ,फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

यस चलचित्रमा नवीन गुरुङ छायाँकारका रुपमा रहने छन् भने कृयटिभ डाईरेक्टर सम्राट महर्जन ‘ज्याक ‘ हुन् । एसोसियट डाईरेक्टरमा प्रेम गित- ३ का चर्चित अनुहार मनिस रावत छन् ।भिएफेक्स सुपरभाइजरमा मयंक निरौला रहेका छन् ।

चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यमा छायाङ्कन सुरु हुने यो चलचित्र २०८२ सालमा मध्यमा दर्शकमाझ आउने  छ

प्रतिक्रिया