February 23, 2025, 3:22 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइनेछ : स्वास्थ्यमन्त्री पौडेल

माघ १४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याइने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

स्वास्थ्य बीमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बीमा रकम पाँच लाख रुपैयाँ पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया