February 26, 2025, 6:47 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ

माघ १२, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं,  । ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-४ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।

काठमाडौं महानगरपालिका-३ लाजिम्पाटस्थित ईनोभा अस्पतालको पार्किङमा गत कात्तिक ११ गते एक जना व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कञ्चनपुर भीमदत्त नगरपालिकास्थित नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया