February 26, 2025, 6:38 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

स्काभेटर दुर्घटनाका घाइतेको हेलिकप्टरमा उद्धार

माघ ११, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

खलङ्गा– दार्चुला सदरमुकाम खलङ्गा जोड्ने महाकाली लोकमार्गअन्तर्गत महाकाली नगरपालिका-५ मा स्काभेटर दुर्घटनामा परी घाइते भएका चालक रेशम बुढामगरको नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको छ ।

चालक बुढामगरलाई हेलिकप्टरमार्फत  उद्धार गरी उपचारका लागि कैलालीको धनगढी लगिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । उनको खुट्टा, छाती र टाउकोमा गम्भीर चोट रहेको जिल्ला अस्पतालले जनाएको छ । सडक विस्तार गर्ने क्रममा सुक्खा पहिरो खस्दा चालक बुढामगर घाइते भएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी लगिएको हो ।

प्रतिक्रिया