February 26, 2025, 7:41 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

सरकारी अस्पताल चलाउने कर्मचारीकै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

माघ ११, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं – वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर, चितवन)मा प्रशासनतर्फ वरिष्ठ सहायक पदमा कार्यरत एक कर्मचारीको शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) नै नक्कली रहेको पाइएको छ ।

अस्पतालकी वरिष्ठ सहायक कमला अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएपछि भ्रष्टाचार मुद्दा नै दायर भएको छ ।

अधिकारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उक्त उजुरी निवेदनमाथि अनुसन्धान हुँदा अधिकारीले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनको लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदोन्नती भएको भेटिएको हो ।

अधिकारीविरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायसमेत हुन मागदाबी लिई आज (शुक्रबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

यसअघि पनि सोही अस्पतालको जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी मनसुन नेपालले बढुवा हुन प्रवेशिका तहको झुटा र नक्कली शैक्षिक कागजात पेश गरेको भेटिएको थियो ।

उनीविरुद्ध पनि आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया