January 24, 2025, 6:22 pm
» प्रधानमन्त्रीको कुर्सीमा बसेर आफैँलाई कारबाही गर्नुस् भन्ने पहिलो प्रधानमन्त्री मै हुँ : प्रचण्ड » उच्च अदालतको आदेशपछि २ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल » भारतको कारखानामा भएको विष्फोटमा परी आठ जनाको मृत्यु » एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित » सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

अन्तिम खेलमा मलेसियालाइ हराउँदै नेपालको सान्तवना जीत

माघ ११, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

काठमाडौं, । नेपालले सान्तवना जीत हासिल गरेको छ ।

आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपको प्ले अफमा घरेलु टोली मलेसियालाई सात विकेटले पराजित गरेर सान्तवना जीत हासिल गरेको हो ।

यस जीतसँगै नेपालले प्रतियोगिताको अन्त्यसमेत गरेको छ । जारी खेलमा मलेलिया भने जितविहिन रहदैँ बाहिरिएको छ।

शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर शान्तवना जीत हासिल गरेको हो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनको योगफल तयार पारेको थियो।

नेपालले यसअघि बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएर अंक बिहिन हुदैँ आज घरेलु टोली मलेसियासँग मैदानमा उत्रेको थियो ।

प्रतिक्रिया