February 26, 2025, 10:35 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

हयान्ड्रिक्राफ्ट ब्यापारी लागु औषधसहित पक्राउ

माघ १०, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं, । अबैध लागुऔषधसहित १ जना पक्राउ परेका छन ।

नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१६ ठमेल क्षेत्रपाटीस्थित ह्‍यान्डीक्राफ्ट पसलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलोग्राम, गाँजा १ किलो २ सय ग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, नाइट्राभेट ९ ट्याब्लेट, मेथाडोन २ सय ८० ट्याब्लेट र नगद ७४ हजार रूपैयाँसहित पक्राउ गरिएको हो ।

पसलका संचालक सोही महानगरपालिका–२१ भोटेवाहाल घर भएका ५८ वर्षीय शुद्द शरण रन्जितकारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौर समेतबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया