February 24, 2025, 6:29 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

माघ १०, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ, । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गर्नुभएको छ ।

मन्त्री डा राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गर्नुभयो ।

गएराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।

प्रतिक्रिया