January 23, 2025, 1:27 pm
» गोरखामा महिलाको शव फेला » फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक » मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु » असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै » सुदूरपश्चिम प्रदेशसभा : प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पारित

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ

माघ १०, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं,   : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बर्दिया बढैयाताल गाउँपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने बिनौद पौडेल पक्राउ परेका छन् ।

एनसिबि अबुमस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएकोछ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस१२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई सम्बन्धित कसुरबमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया