January 22, 2025, 7:58 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

सत्ता गुम्दा प्रचण्डलाई आयो होश : कांग्रेस-एमाले मिलेपछि माओवादी केन्द्रमा छटपटी !

माघ ८, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं, । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकभर सत्तामै रहन खोज्छन् । उनी जंगलबाट सहर छिर्नासाथ अधिकांश समय सत्तामा छन् ।

उनको पार्टी माओवादी केन्द्र सरकारमा रहिरहेकै हुन्छ । जब प्रचण्ड सत्ता बाहिर हुन्छन् अनि मात्र उनलाई छटपटी हुन्छ र सुकुटे पुगेर आत्मसमीक्षा गर्न थाल्छन् । उनको प्रिय स्थान हो सिन्धुपाल्चोकको सुकुटे ।

त्यहाँ गएर बसेपछि उनी निकै फ्रेस हुन्छन् । यसको खास कारण हो उनका दाहिने हात अग्नि सापकोटाको घर त्यहीँ।

तिनै सापकोटाले व्यवस्था मिलाउँछन् र प्रचण्ड सुरक्षित महसुस गर्छन् । अनि ओकल्न थाल्छन् पीडा ।

उनले तत्काल सत्तामा जाने सम्भावना नदेखेपछि आत्मसमीक्षासमेत गरेका छन् ।

यद्यपि उनले दोष भने आफ्नो कहिल्यै देखेनन् । सर्वहाराको उत्थान गर्न निस्केका प्रचण्ड आफू भने पूँजीपति वर्गको रहन सहनमा बस्छन् ।

तिनै प्रचण्डले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जित हासिल गरेर आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।

माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका-५, तेतेरियामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा उनले आउँदो स्थानीय निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने जिकिर गरेका हुन् ।

०७९ को स्थानीय तह निर्वाचनमा माओवादी तेस्रो बनेको थियो ।

गएको मंसिर १६ गतेको स्थानीय तह निर्वाचनबाट पूर्व क्षेत्रले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उनले उल्लेख गरे ।

विरोधीहरुले अब माओवादी कमजोर भयो भन्दै फैलाएको अफवाहलाई चिर्दै अघि बढ्ने उनले उद्घोषसमेत गरे ।

प्रचण्डले आफ्नो पार्टी ओरालो यात्रामा रहेका बेला कहिले नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको बताए ।

अब आफ्नै बलबुतामा अघि बढ्ने उनले बताएका छन् । देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका निम्ति फेरि एकपटक माओवादी केन्द्रलाई बहुमत दिन उनले आग्रह गरे ।

उनले भने, ‘एकचोटि ०६४ को अनुभव दोहोन्याइयो भने अब माओवादी ०६४ जस्तो विभाजित हुने छैन । विभाजितहरु पनि छिटै  सबै एकताबद्ध हुँदैछौं ।’

आफू नेतृत्वको पछिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई अघि बढाएको उनले बताए । तर, वर्तमान सरकारले त्यसलाई कमजोर पारेको उनले आरोप लगाए ।

आफू सत्तामा हुँदा आफूभन्दा मुनिका र आफूलाई खतरा महसुस गराउने नेताहरूलाई छोडेरै गएको राम्रो भनेर उक्साउने र हेप्ने प्रचण्डले सत्ता बाहिर गएपछि भने गल्ती गरेको भनी भ्रम छरेर आफूतिर आकर्षित गर्छन् ।

तर, अब भने उनको खुराफाती दिमागलाई धेरैले पढेको स्पष्ट हुँदै गएको खबर जनभावनामा उल्लेख छ ।

उनले कहिले मोहन वैद्य त कहिले विप्लवलाई डाँडा कटाए भने कहिले डा बाबुराम भट्टराई, बादल र टोपबहादुरहरूलाई भित्तामा पुऱ्याए ।

उनले आफू शक्तिमा रहुन्जेल कसैलाई पनि गनेनन् । अहिले कांग्रेस र एमाले मिलेपछि छटपटी भइरहेको महसुस गरिरहेका छन् ।

आफ्नो शक्ति बलियो बनाउन उनी फेरि तिनै वैद्य र विप्लवको साथ खोजिरहेका छन् ।

प्रतिक्रिया