February 24, 2025, 9:49 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

एमालेमाथि साइबर हमला भयो : महासचिव पोखरेल

माघ ७, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेमाथि साइबर हमला भइरहेको दाबी गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेकपा एमाले विरुद्ध सञ्चालित साइबर हमला भइरहेको भन्दै एमालेलाई राष्ट्रिय शक्तिको निर्माण हुन नदिन खेल भएको तर्क गरे ।

यतिबेला नेकपा एमाले विरुद्ध सञ्चालित साइबर हमला भइरहेको छ । त्यसको उद्देश्य नेकपा एमालेलाई कमजोर बनाउनु र नेपालमा बलियो राष्ट्रिय शक्तिको निर्माण हुन नदिनु हो’ । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्, ‘मिस इन्फरमेसन र डिसइन्फर्मेसनको बाढी त्यसै उद्देश्य तर्फ लक्षित देखिन्छ । नेकपा एमालेको तीन महिने जरा केन्द्रित अभियानका माध्यमबाट त्यसलाई परास्त गर्दै मुलुकमा लोकतन्त्रको सहज अभ्यासको वातावरण सिर्जना गर्न अग्रसर छ र हुनु पर्दछ ।’

पोख्रेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको बहस शीर्षकमा लामो स्ट्याटसमा थप लेखेका छन् ‘यति बेला विकास र समृद्धिका लागि धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको आवश्यकता छ भनिरहँदा त्यसलाई जबजको विपरीत मान्यताका रूपमा अर्थ्याउने कोसिस भइरहेको छ । नेपालको संविधानले नेपाल राज्यको चरित्र समाजवाद उन्मुख हुनेछ भन्ने कुरालाई स्वीकार गरेबाट राजनीतिक दलको सङ्ख्या संविधानको भावना अनुरूप धेरै हुनसक्ने देखिँदैन ।’

प्रतिक्रिया