January 22, 2025, 8:12 am
» भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु » ४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन » नागरिकता सम्बन्धी कसुरमा संलग्न व्यक्ति पक्राउ » Price of gold hits Rs 160 thousand per tola » कप्तान पुजाले लिईन अष्ट्रेलियाबिरूद्द ३ विकेट

नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

माघ ७, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौं, । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । यसअवधिमा खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा आएको छ । यता, सञ्चालन आम्दानी ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ ।

प्रतिक्रिया