February 24, 2025, 9:14 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण गरियो

माघ ६, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

सिरहा । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन्।
माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाले गंगाजल छर्केर शुद्धीकरण गरेका छन्।
मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनले मधेशी युवालाई हत्या गर्ने ठूला दलका नेताको पाउँपुजा गर्नेहरूले सहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धीकरण गरिएको दाबी गरे।
मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाले लगाए।

प्रतिक्रिया