February 24, 2025, 9:33 am
» पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी

एमालेले सिन्धुपाल्चोकका दुई पालिकामा छान्यो नयाँ नेतृत्व

माघ ६, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ ।

शनिबार भएको पालिकका अधिवेशनबाट नयाँ नेतृत्व छानिएको हो ।

एमाले मेलम्ची नगरपालिकाको दोश्रो अधिवेशनबाट उपेन्द्र तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा पासाङ तामाङ , सचिवमा शालिकराम अधिकारी, उपसचिवमा देवोत्तम दुल्ला र प्रतिमा धिताल चयन भएका छन् ।

सचिव शालिकराम अधिकारीका अनुसार पदाधिकारी ५ र ४८ सदस्यसहित ५३ सदस्यीय कमिटी चयन भएका छन् ।

अधिवेशनको उदघाटन एमाले केन्द्रीय सचिव पद्मा अर्यालले गरेकी थिइन् । उता एमाले पाँचपोखरी थाङपालको अध्यक्षमा सूर्यमान दोङ चयन भएका छन् ।

पाँचपोखरी थाङपाल गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट दोङको अध्यक्षतामा ४८ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।

शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा दोकदोक तामाङ, सचिवमा सुशन बोम्जन, उपसचिवमा बुद्धिमाया गुरुङ र माइते दोङ तामाङ सर्वसम्मत चयन भएका हुन्।

अधिवेशनको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र केन्द्रीय सदस्य सुवास कर्मचार्यले उद्घाटन गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तामाङले एमालेबारे गलत हल्ला गर्दै चौतर्फी आक्रमण भएको बताए ।

त्यस्ता भ्रम चिर्न नेता कार्यकर्तालाई उनले आग्रह गरे । केन्द्रीय सदस्य कर्मचर्याले विगतका कमी-कमजोरीबारे अत्मसमीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद् सदस्य माधवप्रसाद पाण्डे, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सुनिता अधिकारी, प्रदेश कमिटी सदस्यहरू टासी लामा , देबेन्द्रबहादुर खत्री, अशोक चौलागाईं र जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ लगायत उपस्थित थिए ।

प्रतिक्रिया