February 23, 2025, 3:00 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

माघ ६, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

प्रतिक्रिया