January 22, 2025, 4:27 am
» इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी बामपन्थी नेतृ, बताइन जेलकाे कथा » रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ » आजको मौसमः तराइका भू-भागहरुमा हुस्सु र कुहिरो बाँकी भू-भागमा मुख्यतया सफा रहने » यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा » झापाका एसपी मिलन केसीलाई सशस्त्रका आइजी अर्यालले गरे सम्मान

अखिल कप फुट्सलको उपाधि एनसिआइटी कलेजलाइ

माघ ४, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

ललितपुर,  । अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू- राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ ।

ललितपुरको च्यासल स्थित नेसनल स्पोर्टस् सेन्टरमा भएको फाइनल खेलमा एनसिआइटी कलेजले लिबर्टी कलेजलाई पराजित गर्दै विजेता बन्न सफल भएको हो । प्रतियोगितामा विभिन्न विश्वविद्यालयका २० कलेजले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो भने समापन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताको विजेता एनसिआइटी कलेजले नगद ६० हजार रुपैँयासहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लिबर्टी कलेजले नगद ४० हजार रुपैँया सहित ट्रफी, मेडल, र प्रमाणपत्र पाएको छ ।

कार्यक्रममा अनेरास्ववियु पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष तथा कार्यक्रम संयोजक उमेश भण्डारीले प्रतियोगितालाई भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन । यस्ता कार्यक्रमले विद्यार्थी बिच एकता र सहयोगको भावना विकास हुनुका साथै प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल हुने उनले बताए ।
दोस्रो पीयू कप फुटसल प्रतियोगिता विद्यार्थीहरूबिच खेलकुदको माध्यमबाट एकता र सहकार्यको सन्देश दिन सफल भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं पोखरा विश्वविद्यालयका इन्चार्ज भरत सिंह धामीले बताए ।

प्रतिक्रिया