February 23, 2025, 3:19 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

माघ ४, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला एक लाख ५६ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५७ हजार नौ सय रुपैयाँमा खरिदबिक्री हुने महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला  एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य दुई हजार सात सय १४ दशमलव ९८ अमेरिकी डलरमा कायम भएको छ ।

प्रतिक्रिया