January 31, 2025, 5:03 am
» कबिर खानको ५०० करोडको फिल्लममा अब बिक्की कौशल » सिकिन्दर नसकिदै रश्मिका र सलमान खान अर्को फिल्ममा पनि सँगै देखिने » हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घाेषणा » नेपाल राष्ट्र बैंक: विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ? » इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या

समकक्षता प्रमाण मात्र लिदा पुर्वमन्त्रीले घुस दिनुपरेको विषय छानबिन गर्न समिति गठन

साउन ९, २०८१ मा प्रकाशित | ८२०दर्शक तीव्रखबर

काठमाडौँ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा पुर्वमन्त्रीसँग घुस लिएको विषय छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

पूर्वमन्त्री विरेन्द्र प्रसाद महतोले प्रतिनिधि सभाको बैठकमा आफ्नो छोराको समकक्षता प्रमाणपत्र लिदा पाँच हजार घुस खुवाउनु परेको बताएका थिए ।

शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारवाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुर लगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानविन गरी ७ सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ ।

प्रतिक्रिया