January 14, 2025, 10:31 pm
» कृषिमन्त्रीलाई नौ किलोको काउली उपहार » नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक » देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता » ओलीप्रति नेपालको कटाक्ष : मुलुक चलाउने जिम्मेवारीमा कम्युनिष्ट हुँदा पनि जनता सन्तुष्ट छैनन् » पाकिस्तानमा सैन्य कारबाहीमा आठ आतंककारी मारिए

‘कार्साङ’को कलाकार टिम माघ २ गते हलहलमा जाने

माघ १, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडाै  ।  चलचित्र ‘कार्साङ’ को टिम  माघ २ गते पूर्वका विभिन्न हलहलमा पुग्ने भएका छन्।

फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित देखिएकाे जनाएकी छिन्।

उनले खुशी व्यक्त गर्दै भनिन्, ‘यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु।’

कार्साङू चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ। आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्दछ।

यस फिल्मको प्रमुख भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु र दीया मास्के रहेका छन्। ‘कार्साङ’ को रनटाइम १२६ मिनेट रहेको छ र यसको सर्टिफिकेट युनिभर्सल रहेको छ।

चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। विशेषगरी, दयाहाङ र जितु नेपालको अभिनयलाई निकै सराहना गरिएको छ। दर्शकहरूले शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउने आशा व्यक्त गरेका छन्। निर्देशक यम शेर्पाले भने, ‘हामीले दर्शकबाट चाहिएको माया र अपेक्षा पूरा हुनेगरी फिल्म निर्माण गरेका छौँ।’

‘कार्साङ’ को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा विश्वास, समाजको परम्परा र आर्थिक गतिविधिहरूलाई देखाइएको छ। समाजको बहिष्कार, द्वेष र परिवारमा देखिने विचलनको कुरा गर्दै मुख्य पात्रको स्वाभिमानको संघर्ष प्रस्तुत गरिएको छ।  फिल्म पारिवारिक कथावस्तुमा आधारित छ र ग्रामीण परिवेशमा आधारित रहेको निर्देशक यम शेर्पाले बताए ।  यस फिल्ममा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ।

‘कार्साङ’ फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स को प्रस्तुतिमा बनेको हो। फिल्मका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्।

प्रतिक्रिया