February 23, 2025, 3:01 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सामान्य अंकले बढ्यो नेप्से, कारोबार कति ?

पुस २३, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से छ दशमलव १६ अंकले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बिन्दुमा कायम भएको हो ।

आज तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता शेयर ६६ हजार छ सय २६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २७, होटेल तथा पर्यटन शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ६५ प्रतिशतले बढेको छ ।

विकास बैंक शून्य दशमलव ८०, जलविद्युत् शून्य दशमलव ४२, जीवन बिमा शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बिमा शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव ५९ प्रतिशतले बढेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया