January 8, 2025, 9:49 am
» नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला » चीनमा फेरि अर्को भूकम्प » सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै » शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’ : अध्यक्ष दाहाल » ड्युटीमा रहेका प्रहरी सहायक हवल्दारको निधन

आगलागी हुँदा धनमाल जलेर नष्ट

पुस २३, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौँ, । बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब रु छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब रु चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया