February 23, 2025, 2:18 am
» बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

पुस २२, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं– चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पुगेको छ । यसको पहिलो संक्रमित बेंगलुरुमा फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

जानकारी अनुसार आठ महिनाकी बालिकामा यो संक्रमण देखिएको हो । राज्यको स्वास्थ्य विभागले अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एचएमपीभी भाइरस पुष्टि भएको जानकारी दिएको छ । ती बच्चा भारत बाहिर कतै गएका थिएनन् ।

कर्नाटक स्वास्थ्य विभागले केन्द्र सरकारलाई यसबारे जानकारी गराएको भनेको छ । चीनमा एचपीएमभी भाइरस सुरु भएदेखि नै भारत सरकार अलर्ट मोडमा छ । महाराष्ट्रको स्वास्थ्य विभाग अलर्टमा छ ।

केरला र तेलंगानाका सरकारले पनि चीनमा भाइरल ज्वरो र श्वासप्रश्वासको संक्रमण ठूलो मात्रामा फैलिएको समाचारलाई नजिकबाट नियालिरहेको र अहिले आत्तिनुपर्ने अवस्था नरहेको बताइरहेको छ ।

रुघाखोकीका बिरामीको नियमित सर्भे गर्न अधिकारीहरूलाई निर्देशन दिइएको छ । सरसफाइको नियम पालना गर्न पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया