February 23, 2025, 3:33 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

बालकलाकार सचिन परियारको निधन

पुस १८, २०८१ मा प्रकाशित | ९७०दर्शक तीव्रखबर

काठमाडौं/ बालकलाकार सचिन परियारको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि एक साताअघि उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । आज बिहान करिब १० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनले गाएका गीतहरू समाजिक सञ्जालमा सहजै भेटिन्छन् ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनयसमेत गरेका थिए भने हास्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए ।

त्यस्तै उनले ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायतका गीत गाएका छन् । उनी १३ वर्षका थिए ।

प्रतिक्रिया