काठमाडौं, । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बि पी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिको मुख्य सन्देश भनेको राजसंस्था र प्रजातान्त्रिक शक्ति बिच एकता र सहकार्य भएको बताएका छन् ।
बिपिको जन्मजयन्तिको अबसरमा नेपाली काङ्ग्रेस (बिपि) द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले नेपालमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिको निमित्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय मेलमिलापको मुल आत्मा भएको समेत स्पष्ट पारे ।
थापाले थपे ” यो यथार्थलाई बङ्गाएर गणतन्त्रको दुहाई दिनु बिपी कोइरालाको अपमान हो।”
अहिलेको बिषम परिस्थितिमा राष्ट्रिय मेलमिलापको आवश्यकता अझ टड्कारो भएको चर्चा गर्दै थापाले परिवर्तनकारी शक्ति र बिचार एबं परम्परागत शक्ति र बिचार बिचको सामञ्जस्यता राष्ट्रिय सुरक्षा , सुशासन र समृद्धिको ग्यारेन्टी भएको समेत बताए ।
थापाले थपे “यो लक्ष्य प्राप्तिका निम्ति राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरू एकताको निम्ति आह्वान गर्दछु”।
प्रतिक्रिया