February 25, 2025, 3:42 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

एमालेबाट निष्काशित रावलले आज पत्रकार सम्मेलन गर्दै योजना सार्वजनिक

पुस १७, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं,। सत्तारुढ नेकपा (एमाले)बाट निष्काशित नेता डा। भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । गत सोमबार उनले नेपाली कांग्रेस ९बीपी०का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग छलफल गरेका थिए ।

उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ । २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए ।

रावलले आफूले खोल्ने पाटीको नाम गैरकम्युनिष्ट हुने बताएका थिए ।

प्रतिक्रिया