February 25, 2025, 3:19 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

राप्रपा नेपालको केन्द्रीय समिति बैठक शुक्रबारदेखि

पुस १६, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आगामी शुक्रबार र शनिबार (पुस १९ र २०) काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा पार्टीका पदाधिकारीबाट सङ्गठन, प्रशिक्षण, महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस्तै, अहिले मुलुकमा कायम ब्रम्हलुट र मनपरितन्त्रको विकल्प आन्दोलन भएकाले सबै राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दुवादी, राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्नेमा विशेष जोड दिइने उनको भनाइ छ । स्थानीय तहहरूको अधिवेशन, भ्रातृ सङ्गठनहरूको क्रियाशीलताका बारेमा पनि बैठकमा छलफल हुनेछ ।

राप्रपाले यही पुस २७ गते राष्ट्रिय एकता दिवस सधैँ झैँ भव्यतापूर्वक मनाउने तयारी गरेको छ ।

प्रतिक्रिया