February 23, 2025, 2:52 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार

पुस १६, २०८१ मा प्रकाशित | १२००दर्शक तीव्रखबर

काठमाडौं – सोमबार राति ओल्ड ट्रायफोर्डको घरेलु भूमिमा भएको इङ्लिस प्रिमियर सिपको खेलमा न्यु क्याशल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराएको छ।

म्यानचेस्टर युनाइटेड ४५ वर्ष यता घरेलु भूमिमा पहिलो पटक लगातार तीन खेलमा पराजित भोगेको हो। साथमा न्यु क्याशलले पनि म्यानचेस्टर भूमिमै गएर हराएको भने सन् १९७२ पछि दोस्रो पटक हो।

अलेक्जेन्डर इसाक र जोयलिनटनले सुरुवातमै गरेको गोलमा जित हात पारेको न्यु क्याशल प्रिमियरसिपको अङ्क तालिकामा पाँचौँ स्थानमा रहँदै वर्ष २०२४ को अन्त्य गर्न सफल भएको छ।

पछिल्ला चार प्रिमियरसिप खेलमा सफलता पाएको म्यानचेस्टरका लागि इसाकले १२ गोल गरिसकेका छन्। लगातार ६ खेलमा गोलको सफलता पाएका उनले ६ खेलमै ८ गोल गरेका हुन्।

यसअघि म्यानचेस्टरले सन् १९७९ मा लगातार तीन घरेलु खेलमा पराजयको सामना गरेको थियो। युनाइटेडले तालिकामा १४ औँ स्थानमा रहँदै यस वर्षको अन्त्य गरेको छ।

प्रतिक्रिया