February 24, 2025, 4:08 am
» रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की

हाइड्रोलिक केबल फुट्दा चन्द्रागिरी पुगेका यात्रु माथि नै रोकिए

पुस १५, २०८१ मा प्रकाशित | ८००दर्शक तीव्रखबर

काठमाडौं- चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा हजारौँ यात्रु मारमा परेका छन् । हाइड्रोलिक केलब फुटेपछि सोमाबर दिउँसैदेखि केलबकारको सेवा रोकिएको छ ।

सोमबार दिउँसो साढे २ बजेदेखि केबलकार अवरुद्ध हुँदा घुम्नका लागि चन्द्रागिरी हिल्समा चढेका हजार जनाबढी सर्वसाधारण अलपत्र परेका छन् ।

महागरीय प्रहरी बृत्त थानकोटका अनुसार केबलकारको पाइप फुटेपछि अड्किएका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणालीमार्फत उद्दार गरेर तल्लो स्टेशनमा झारिएको छ । माथिल्लो स्टेशनमा रहेका यात्रुलाई भने झार्न समस्या भएको छ।

एक प्रहरी अधिकारीले दिउँसोदेखि केबलकारमा आएको समस्या अझै हल नभइसकेको बताए । उनका अनुसार साँझसम्म केबलकार खुलेको छैन। फुटेको हाइड्रोलिक केबलको मर्मत जारी रहेको छ ।

प्रतिक्रिया