February 24, 2025, 4:09 am
» रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा

पुस १५, २०८१ मा प्रकाशित | ५५०दर्शक तीव्रखबर

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । बोर्डका पदाधिकारीसमेत पदमुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री अध्यक्ष रहने सहकारी विकास बोर्डमा मित्रराज दवाडी सहअध्यक्ष थिए । बोर्ड खारेजीमा परेसँगै दवाडी पदमुक्त भएका छन् ।

सहकारी विकास बोर्डमा कार्यरत कर्मचारीहरुको हकमा भने सबै कर्मचारीलाई सहकारी प्राधिकरणमा तत–तत् जिम्मेवारीमा समायोजन गरिने अध्यादेशमा जनाइएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डमा १४ जना कर्मचारी कार्यरत थिए । बोर्ड खारेजीसँगै यस कार्यालयमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति र कागजपत्र सहकारी प्राधिकरणमा सर्ने भएको छ ।सरकारले अध्यादेशमार्फत् प्राधिकरण गठन गरेपछि सहकारी बोर्ड खारेज भएको हो ।

प्रतिक्रिया