February 25, 2025, 3:10 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

शेरा दरबारको जग्गा तत्काल सरकार मातहत ल्याऊ : प्रचण्ड

पुस १५, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

झापा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको भन्दै आपत्ति जनाएका छन्।

१२-१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२-१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ। शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ। अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन,’ उनले भने।

भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उनले भने, ‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरूलाई भनेको थिएँ। भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू। अहिले पनि भन्न चाहन्छु। यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरू जोडिन्छन् भने छाडिने छैन।’

प्रतिक्रिया