February 25, 2025, 3:19 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

एकीकृत समाजवादीको कार्यालयमा वामदेव, माधव नेपालसँग वार्ता

पुस १५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।

तत्कालीन नेकपा विभाजनपछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा समाजवादीमा प्रवेश गर्ने चर्चाबीच आलोकनगर पुगेका हुन् ।

अहिले आलोकनगरमा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबीच भेटवार्ता भइरहेको छ ।

पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताहरूबीच वार्ता चलिरहेको छ । वामदेवलाई वरिष्ठ नेता नेता दिने तयारी छ  तर अझेसम्म टुंगोमा पुगिसकेको छैन ।

प्रतिक्रिया