February 25, 2025, 3:10 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै : शंकर पोख्रेल

पुस १५, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले परिस्थिति परिपक्व नभएसम्म संविधान संशोधन काम अघि नबढ्ने प्रष्ट पारेका छन् ।

एमाले दाङ जिल्ला कमिटी, प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्य समितिलाई सम्मान तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले सबैको सर्वदलीय सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताएका हुन् ।

संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने पोख्रेलको भनाइ छ ।

‘संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कांग्रेस–एमालेको तयारी सुरु भएको छ’, महासचिव पोखरेलले भने ‘संविधान संशोधनको मुद्दा झिकेर अस्थिरता पैदा गर्ने खेल हुन सक्छ ।

परिस्थिति परिपक्व नहुँदासम्म संविधान संशोधनको काम अघि बढ्न सक्दैन’ उनले भने ।

सरकारमा सहभागी दुई प्रमुख दल कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताउँदै पोख्रेलले निरासा चिर्दै समृद्ध मुलुक निर्माणको सङ्कल्प पुरा गर्ने दिशामा सरकार लागिपरेको स्पष्ट पारेका थिए ।

‘केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको छ । विगतमा भन्दा १७ प्रतिशतले राजश्व सङ्कलन बढेको छ ।

पुँजीगत खर्च बढेको छ । दुई महिनाभित्र सबै भुक्तानीको दायित्व तिर्नुपर्ने बाटोमा सरकार जाँदै छ । लगानीको वातावरण निर्माण गरिरहेको छ’ उनले भने ।

अस्थिरतामा भविष्य देख्नेहरूले अहिले पनि अस्थिरताको हौवा पिटिरहेको तर दुई दल सबै खालका चुनौतीको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर अघि बढिरहेका र सङ्कट समाधान गर्न सरकार संवेदनशील रहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया