February 25, 2025, 4:33 am
» ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

पुस १५, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं, । तराई-मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ ।

सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो ।

संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् ।

जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ ।

जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए ।

जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।

जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन् ।

प्रतिक्रिया