February 25, 2025, 4:27 am
» ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा

मुलुक महाशक्ति राष्ट्रहरूको क्रिडास्थल बन्ने खतरा : कमल थापा

पुस १५, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक महाशक्ति राष्ट्रहरूको रणनीतिक क्रिडास्थल बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।

राप्रपा नेपालको राजनीतिक विभागले आयोजना गरेको स्वर्गीय राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्व विषयक विचार गोष्ठीमा बोल्दै थापाले देशका सबै क्षेत्र लथालिङ्ग र भताभुङ्ग भएको दुरावस्थाको फाइदा उठाउँदै विदेशी दबाब र प्रभाव बढ्न थालेको जिकिर गरेका छन् ।

लोकतन्त्रको आवरणमा ब्रम्हलुट भइरहेको चर्चा गर्दै थापाले आर्थिक सङ्कट, भ्रष्टाचार, बेरोजगार, धर्म परिवर्तन लगायतका विषय अहिलेको डरलाग्दो महारोग बनेको समेत बताएका छन् । राष्ट्रवादी शक्तिहरू एकजुट भएर व्यवस्था र अवस्था बदल्न लाग्नुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा नेकपा मालेका महासचिव सीपी मैनालीले देश जोगाउन राष्ट्रियताको संरक्षण गर्न अब सबै बिउँझनुपर्ने बताए । उनले स्वार्थका लागि विदेशी हैकम सहनेहरू राष्ट्रवादी देशभक्त हुन नसक्ने बताए ।कार्यक्रममा राप्रपाका नेता हरिबहादुर बस्नेत, पूर्वमन्त्री दीपक ज्ञवालीले स्वर्गीय राजा वीरेन्द्रको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया