February 25, 2025, 4:21 am
» माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा » प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने

संस्कृतिमा हामी धेरै धनी छौँ : प्रधानमन्त्री ओली

पुस १५, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व ‘तमु ल्होसार’को अवसरमा पर्व मनाउने सबैमा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी,  छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ।’

प्रधानमन्त्री ओलीले संस्कृतिमा नेपाली धेरै धनी रहेको उल्लेख गर्दै सबैमा तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया