February 25, 2025, 4:42 am
» भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार » अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो » ट्रम्पलाई भेटेपछि म्याक्रोनले भने- शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन » खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल » माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

सरकारलाई सफल बनाउन सबैको साथ चाहिन्छ : शेखर कोइराला

पुस १४, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताए ।

राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भई वर्तमान सरकार गठन भएको उनले उल्लेख गरे ।

उनले भने, ‘यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।’डा कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाब नरहेको बताए ।

प्रतिक्रिया